२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

टोखामा २२औं हप्ताको सफाइ सम्पन्न

Nada
२०८१ असोज १९ गते २१:१२
Shares
टोखामा २२औं हप्ताको सफाइ सम्पन्न

काठमाडौं : टोखा नगरपालिकाले शनिबार २२औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न गरेको छ । नगरपालिकाले शनिबार बिहान टोखा ३ को धनेश्वर पुल क्षेत्रमा रहेको खोला किनारको सफाइ, ड्रेन सफाइ र झाडी हटाउने कार्य सम्पन्न गरेको हो । त्यस्तै अभियानकर्मीहरुले फुटपाथ सडक संरक्षणका लागि झाडी हटाउँदै सफा गरेका थिए । 

ncell

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडाका जनप्रतिनिधिहरु, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी सामाजिक अभियान्ताहरु, सरसफाइकर्मी, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, सशस्त्र प्रहरी र स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

टोखा नगरपालिकाले २५औं हप्ताको सफाइ अभियानको दिन विशेष कार्यक्रम गरेर सामाजिक अभियन्ता र सफाइ अभियानकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्ने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर