२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

दुर्गा पूजा समितिलाई मेयर कुर्मीद्वारा १ लाख रुपैयाँ सहयोग

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज १९ गते २१:१४
दुर्गा पूजा समितिलाई मेयर कुर्मीद्वारा १ लाख रुपैयाँ सहयोग

रौतहट : रौतहटको वृन्दावन नगरपालिका–६ सिसवा धमौरास्थित ऐतिहासिक दुर्गा मन्दिरमा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले विशेष पूजा अर्चना गर्दै धार्मिक, सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । 

दुर्गा मन्दिर क्षेत्रको सबैभन्दा पुरानो धार्मिक स्थल मानिन्छ, हरेक वर्ष दुर्गा पूजाका अवसरमा हजारौं भक्तजनको उपस्थिति रहँदै आएको छ ।

नगर प्रमुख कुर्मीले उक्त मन्दिरमा पूजाआजा गर्दै दुर्गा पूजा समिति गरुडा/वृन्दावन नगरपालिकाका मेला समितिसँगको आफ्नो प्रतिबद्धता पूरा गर्न एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । यो रकम दुर्गा पूजा मेलाको सफल आयोजना र व्यवस्थापनका लागि सहयोग स्वरूप प्रदान गरिएको हो ।

उक्त चेक मेला समितिका अध्यक्ष एवं वृन्दावन नपा–६ सिसवाका वडा सदस्य महेन्द्र दासलाई मेला समितिको उपस्थितिमा हस्तान्तरण गरिएको छ । नगर प्रमुख कुर्मीले जनताको सेवामा सधैं उत्तरदायी र विकासप्रेमी रहँदै आएको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको प्रवद्र्धनमा निरन्तर योगदान गर्दै आएका छन् । उनले दुर्गा मन्दिरको महत्वलाई उल्लेख गर्दै भविष्यमा अझ धेरै सहयोग गर्ने वाचा गरे । यस कार्यलाई मेला समितिका सदस्य र स्थानीयबासिन्दाहरूले निकै उच्च मूल्यांकन गर्दै मेयर कुर्मीप्रति आभार व्यक्त गरे । 

चेक हस्तान्तरण कार्यक्रममा मेला समिति अध्यक्ष महेन्द्र दास, प्रमुख मेला व्यवस्थापक राजकुमार दास, सचिव बिसुनदयाल राय, कोषाध्यक्ष सिकिन्दर दास, सहसचिव रामप्रवेश यादव लगायतका मेला व्यवस्थापनका प्रमुख व्यक्तित्वहरुको उपस्थित रहेको थियो । 

कार्यक्रमका प्रमुख वक्ताहरूले मेला समितिका सदस्यहरूले गरेका योगदानहरूको प्रशंसा गर्दै नगर प्रमुख कुर्मीको सहयोगले यस पटकको दुर्गा पूजालाई अझ भव्य र सफल बनाउन मद्दत गर्ने आशा व्यक्त गरेका थिए । धार्मिक उत्सवहरूलाई संरक्षण गर्न र भविष्यमा पनि यस्ता सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise