२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

भूमिकास्थानमा विपद् व्यवस्थापन तालिम शुरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १ गते १६:१७
भूमिकास्थानमा विपद् व्यवस्थापन तालिम शुरु

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारीसम्बन्धी दुईदिने युवा स्वयंसेवक परिचालन तालिम शनिबारबाट शुरु गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको विपद् व्यवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिमको भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालाकृष्ण बन्जाडेले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्तव्य राख्दै नगर उपप्रमुख बन्जाडेले पछिल्लो समय विदेश जाने मोहले युवाहरुमा राष्ट्रिय भाव ह्रास हुँदै गएको बताए । उनले स्वदेशमै केही गर्न सक्छु भन्ने मनोबल लिएर मुलुकको रूपान्तरणमा आफ्नो महत्व बुझेर स्वदेशमै केही गर्न युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, प्रशिक्षक लिल बहादुर बिकलगायतले युवाहरुलाई अध्ययनसँगै सामाजिक क्षेत्रमा लाग्न र समाजमा आइपर्ने विपत्तिमा सक्रियरुपमा लाग्न आग्रह गरे ।

शेषकान्त घिमिरे (ओसन)को सञ्चालनमा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका कार्यक्रम संयोजक राजेश पाण्डे, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालका संयोजक टेकराज भुसाल, विभिन्न शाखाका प्रमुखहरुको आतिथ्यता रहेको थियो । दुई दिनसम्म सञ्चालन हुने तालिममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट ५० जना युवाहरुको सहभागिता रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise