काठमाडौं : नेपालमा दर्ता रहेको कुनैपनि गैरसरकारी संस्थाको नयाँ नेतृत्वको लागि हुने चुनावमा उम्मेदवारका लागि कति शुल्क तोकिएला ? १० हजार, २० हजार, ३० हजार वा बढीमा ५० हजार । तर, गैर आवासीय नेपालीहरुको निर्वाचनका लागि उम्मेदवार हुन तोकिएको शुल्क सुन्नु भयो भने तपाईलाई लाग्न सक्छ, चुनाव जित्न मतदाता भएर मात्र पुग्दैन दरिलो बैंक ब्यालेन्स पनि आवश्यक हुन्छ ।
संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिला सहित उपाध्यक्षहरुका लागि ७ लाख रुपैयाँ वा अमेरिकी डलर ७ हजार, महासचिवका लागि ६ लाख रुपैयाँ वा अमेरिकी डलर ६ हजार, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैयाँ वा अमेरिकी डलर ५ हजार, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ वा अमेरिकी डलर ४ हजार, महिला, युवा र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ वा अमेरिकी डलर ३ हजार ५ सय, महिला, युवा र क्षेत्रिय उपसंयोजकका लागि २ लाख ५० हजार रुपैयाँ वा २ हजार ५ सय डलर र आईसिसि सदस्यहरुका लागि.१ लाख रुपैयाँ वा अमेरिकी डलर एक हजार तोकिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies