२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

साइमेक्स बीवाईडी च्यारिटीद्वारा बाढी पीडितलाई ५१ लाख सहयोग

ADV
मध्यान्ह
२०८१ असोज २० गते २२:१०
साइमेक्स बीवाईडी च्यारिटीद्वारा बाढी पीडितलाई ५१ लाख सहयोग

काठमाडौं : साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले बाढीपहिरोपीडितको सहयोगको लागि प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरोपीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)मार्फत् उक्त रकम बराबरको सहयोग गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इङ्ककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।

केही दिनपहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिएपश्चात यो सीबीसीएफको पहिलो योगदान हो, जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य, सुरक्षा, दिगो विकास र प्रकोप राहतजस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसनको स्थापना गरिएको कम्पनीले जनाएको छ । साइमेक्स इंकले यो प्राकृतिक विपद्पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग पु¥याउन उक्त सहयोग गरिएको जनाएको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध छौँ, हामी विनाशकारी बाढीपहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत् तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौँ ।’

यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रुपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान गरेको उनको भनाइ थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise