काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजितकुमार पोद्दार वल्र्ड इनोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेज अलायन्स (विस्टा) को कोषाध्यक्ष बनेका छन् । पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरुको अन्तर्राष्ट्रिय संस्था विस्टाको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीका अनुसार विस्टाले विश्वभरी सूचना प्रविधिका क्षेत्रमा भएका नवीनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ । साथै नयाँ–नयाँ प्रविधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।