२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई भेन्यु अस्पतालमा विशेष छुट

Nada
२०८१ असोज २० गते २२:१३
Shares
ज्योति विकास बैंकका ग्राहकहरुलाई भेन्यु अस्पतालमा विशेष छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकले काठमाडौंको बानेश्वरमा अवस्थित भेन्यु अस्पतालले प्रदान गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् । बैंक र अस्पताबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई १० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने भएका हुन् ।

ncell

सो सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरुले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन–हाउस परीक्षणहरुको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात महोत्सव रेस्टुरन्ट एण्ड बार, दरबारमार्गस्थित नेपाल हाउस हात्तीसारस्थित रेस्टुरन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरुले १० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर