२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २०:५४
मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा

काठमाडौं : ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक भएको छ । सूर्य नेपाल भेन्चर्सले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरु रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ ।

यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप पूजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise