२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लुम्बिनी विकास बैंकले प्राप्त गर्‍यो पाँच वटा अवार्ड

Nada
२०८१ असोज २१ गते २०:५५
Shares
लुम्बिनी विकास बैंकले प्राप्त गर्‍यो पाँच वटा अवार्ड

काठमाडौं : इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२४ मा लुम्बिनी विकास बैंकले पाँच विधामा अवार्ड जितेको छ । आठवटा विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाएकोमा पाँचैवटा विधामा अवार्ड जित्न सफल भएको हो ।

ncell

भारतको नयाँ दिल्लीमा आयोजित बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ ।

अवार्डमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले सहभागिता जनाएका थिए । इण्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै सो अवार्ड वितरण गर्न शुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर