२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २०:५६
गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं : गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाबीच आइतबार आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको एक सय रुपैयाँका दरले हुन आउने कुल रकम २२ करोड ५० लाख बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको हो । 

गरिमा क्यापिटलले कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise