२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रधानमन्त्री दैवी उद्धार कोषमा प्रभु इन्स्योरेन्सद्वारा सहयोग

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २०:५८
प्रधानमन्त्री दैवी उद्धार कोषमा प्रभु इन्स्योरेन्सद्वारा सहयोग

काठमाडौं : प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाँकोे चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए । मुलुकलाई विपत्ती आईलागेको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 

नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भईरहेको उनको भनाइ छ । बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दाबी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise