२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कुमारी बैंकले ल्यायो ‘दशैं दक्षिणा’ अफर

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २०:५९
कुमारी बैंकले ल्यायो ‘दशैं दक्षिणा’ अफर

काठमाडौं : कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार जना सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत (अधिकतम ५० रुपैयाँ) दक्षिणा बैंकले प्रदान गर्नेछ ।

एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एक रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । साथै, बैंकले घटस्थापनादेखि महानवमीसम्म दशैं उत्सव क्यासब्याक योजना पनि सञ्चालन गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise