२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा उद्धार उडान गर्ने

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २१:०३
नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा उद्धार उडान गर्ने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज २४ गते बडादसैंको फुलपातिका दिन काठमाडौं–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ । दशैंमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो ।

निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आएए १७ ३३ विमान काठमाडौंबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौं उडान नम्बर आरए १७४३ १२ः३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौं–भैरहवा सात हजार र भैरहवा–काठमाडौं तीन हजार आठ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise