२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

रौतहटमा युवकको शव फेला

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १ गते २१:४९
रौतहटमा युवकको शव फेला

रौतहट : रौतहटमा एक युवकको शव फेला परेको छ । जिल्लाको गौर टिकुलियास्थित २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको हो । घरबाट शौंच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।

प्रवक्ता गिरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखेर अनुसन्धान शुरु गरिएको बताइन् । तर हत्या हो वा होइन अहिले भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

यता मृतक सहनीका दाई सञ्जय सहनीले भाइको कुटपिट गरेर हत्या गरिएको आरोप लगाए । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या गरिएको बताए । शवलाई पोस्टमार्टमको लागि गौर प्रादेशिक अस्पताल लगिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise