२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असोज २२ गते २१:५१
हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली सार्वजनिक

काठमाडौं : नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । सहर तथा अफ–रोड दुवै क्षेत्रको लागि उपयुक्त एक्सपल्स ग्राहकहरुको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ ।

साथै ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

यसमा डुअल–पर्पस टायरहरु उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथैअफ–रोड क्षेत्रमासमेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रुपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सनसहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

२७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियर बक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise