काठमाडौं : नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । सो अफरअन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
सिजीका साना घरायसी सामान खरिद गरी डिजिटल लक्की ड्र मार्फत् १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी दामन्ती थापालाई कम्पनीले बधाइ दिँदै बडा दशैंको शुभकामना व्यक्त गरेको छ ।
अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश रहेको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन ग्राहकहरुले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।
सो योजनामा सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनहरु समेटिएको छ । सो योजना भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।