२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा छुट दिने सम्झौता

ADV
मध्यान्ह
२०८१ असोज २२ गते २१:५४
सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा छुट दिने सम्झौता

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकले र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं)को सेवामा छुट प्राप्त भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी भएको सम्झौताअनुसार २० प्रतिशत छुट प्राप्त गर्ने भएका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise