काठमाडौं : नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा विस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको हो ।
युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारीगरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तार गरी पूर्ण रुपमा मंगलबारबाट सञ्चालनमा ल्याएको छ । युभी स्पेसमा एफसतहत्तर म्याच टु उच्च स्तरीय १०.३ किलोवाट एसआरबीसेभेन लिथियम–आयन ब्याट्री रहेको छ । साथै ब्याट्रीको ८० हजार किलोमिटरको वारेन्टी रहेको छ ।
अल्ट्रभोइलेट युभी स्पेस पोडको विधिवत् रुपमा केडिया समूहका अध्यक्ष मनोज केडियाले उद्घाटन गरेका थिए । उनले सोरुम उद्घाटन गर्दै नेपालमा यो खालको ब्रान्ड भित्र्याउन पाउँदा गौरवको महसुस भएको बताएका थिए । अल्ट्रभोइलेट युभी स्पेस पोडको ब्राण्ड र विशेषताको विषयमा रमण केथले जानकारी गराएका थिए ।