२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

ज्योति विकास बैंकका ग्राहकलाई निःशुल्क ‘फन्ड ट्रान्सफर’ सुविध

ADV
मध्यान्ह
२०८१ असोज २२ गते २१:५६
ज्योति विकास बैंकका ग्राहकलाई निःशुल्क ‘फन्ड ट्रान्सफर’ सुविध

काठमाडौं : ज्योति विकास बैंकले निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । बडादशैं २०८१ को अवसरमा बैंकले सो योजना सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत पैसा ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नुनपर्ने बैंकले जनाएको छ ।

शून्य रुपैयाँमै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवद्र्धन हुने विश्वास बैंकले बोकेको छ । विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको जनाएको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise