धनुषा : हालैको बाढीबाट मधेश प्रदेशमा रु. ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु. १९ करोड ५० लाख भन्दा बढीको हो ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु. १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु. नौ करोड ५० लाखको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु. नौ करोड २५ लाख, बारामा रु. आठ करोड ५० लाख, सिरहामा रु. सात करोड ९० लाख, महोत्तरीमा रु. सात करोड ५० लाख र पर्सामा रु. पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु. आठ करोड निकासा गरेको छ ।