२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

राजदेवीमा स्वास्थ्य किट तथा राहत सामग्री वितरण

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २३ गते २०:१६
Shares
राजदेवीमा स्वास्थ्य किट तथा राहत सामग्री वितरण

रौतहट : रौतहटको राजदेवी नगरपालिकामा राहत सामग्री वितरण गरिएको छ । राजदेवी नगरपालिका वडा नं १, ३ र ५ का सुत्केरी महिलाहरुका लागि स्वास्थ्य किट वितरण गरिएको हो । एक कार्यक्रमका बीच नगर प्रमुख भिखारी प्रसाद यादवले उक्त सामग्री वितरण गरेका हुन् । 

साथै सो नगरपालिकाको वडा नम्बर ६ र ९ का २ सय ५० जना बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । बाँकी रहेका बाढी पीडित परिवारलाई पनि राहत दिने व्यवस्था भइरहेको बताउँदै नगरप्रमुख यादवले नआत्तिन पीडित परिवारलाई आग्रह गरे ।

सम्बन्धित खबर