२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कपिलवस्तुमा तालमा डुबेर एक जनाको मृत्यु 

ADV
क्षितिज किरण
२०८१ असोज २८ गते १७:३७
कपिलवस्तुमा तालमा डुबेर एक जनाको मृत्यु 

कपिलवस्तुः कपिलवस्तुमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर–६ बैदौलीका रामलोचन चौधरीका १६ वर्षीय छोरा राहुल चौधरीको कपिलवस्तुनगरपालिका वाड नम्बर–९ मा रहेको जगदीशपुर तालमा डुबेर मृत्यु भएको हो।

साथीसँग जगदिशपुर बजारमा घुम्ने र उतै कपाल काट्ने भनेर घरबाट हिडेका चौधरी कपाल काटेर तालमा नुहाउन गएका थिए । नुहाउन गएका उनी राति अबेरसम्म घर नफर्केपछि घरपरिवार, गाउँले र प्रहरीको खोजीपछि तालमा मृत भेटिएका हुन् । राहुल श्री महेन्द्र उच्च माध्यमिक विद्यालय कोपुवामा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्यनरत थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise