२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

म्याग्दी राखु भगवतीमा बडादशैं मेला, २०८१ शुभारम्भ

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज २९ गते १०:५३
म्याग्दी राखु भगवतीमा बडादशैं मेला, २०८१ शुभारम्भ

म्याग्दीः म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती युवा क्लबद्वारा विजया दशमीको अवसरमा आयोजित बडादशैं मेला, २०८१ शुभारम्भ भएको छ । म्याग्दीकै महँगो पुरस्कार राशिको इतिहास बोकेको दशैं मेला आगामी कार्तिक ३ गते समापन गरिने लक्ष्यसहित सोमबार प्रौढ भलिबलमार्फत  शुभारम्भ गरिएको हो ।

कुल नौ समूह सहभागी प्रौढ भलिबल खेलमा सोमबार भगवती र साझापानीबीचको खेलमा साझापानी विजयी भएको थियो भने रानीपौवा र पिप्ले ‘बी’ बीच भएको खेलमा रानीपौवा विजयी भएको हो । त्यस्तै सोमबार मङ्गला ‘के’ र पिप्ले ‘ए’ बीच भएको अर्को खेलमा पिप्ले 'ए' ले जित हातमा पारेको छ भने ज्यामरुकोट र भकिम्लेबीचको खेलमा भकिम्ले विजयी भएको छ । क्लवद्वारा जारी खेलतालिका अनुसार पर्वत जलजला मल्लाज सिधैं बाजीमा परेपछि सोमबारको विजेता रानीपौवासँग आज पहिलो चरणमा खेल्दैछ । 

सोमबार साँझबाट क्लबले विभिन्न सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरेको थियो । सोमबार साँझ दर्जनौँ स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिए भने मंगलबार साँझ पनि विविध प्रस्तुति हुने आयोजकको भनाइ छ । आजै प्रौढ भलिबलको सेमिफाइनल खेल खेलाइने र वडास्तरीय पुरुष भलिबल खेल पनि सञ्चालन गरिने मेला आयोजक अध्यक्ष सुलभ मल्लले मध्यान्हलाई जानकारी दिए । मल्लले यस वर्ष बास्केटबल र भलिबल मात्र सञ्चालन गरिने बताउँदै मेलामा प्रौढ बास्केटबल, महिला भलिबल र लठो तान्ने जस्ता खेलहरू समावेश नगरिएको स्पष्ट पारे । 

प्रौढ भलिबलका विजेताले ७० हजार र उपविजेताले ४० हजार, भलिबलका विजेताले १ लाख १० हजार र उपविजेताले ६० हजार र पुरुष बास्केटबलका विजेताले ८५ हजार र उपविजेताले ४५ हजार नगद प्राप्त गर्नेछन् । विजेता तथा उपपिजेताहरुले ट्रफी, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise