२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दशैंपछि खुलेको शेयर बजारमा हरियाली, परिसूचक २७ सयको नजिक

Nada
२०८१ असोज २९ गते १६:२९
Shares
दशैंपछि खुलेको शेयर बजारमा हरियाली, परिसूचक २७ सयको नजिक

काठमाडौंः दशैंको विदापछि खुलेको शेयर बजारकाे पहिलो कारोबार दिनमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर दुईहजार छ सय ९९ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

ncell

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर छ। समूहगत रुपमा उत्पादनबाहेक सबै समूहका सूचक बढेका छन् । आज उत्पादन समूह ०.२२ प्रतिशतले घटेको हो । 

आजको बजारमा फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढेको छ । बैंकिङ समूह १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशतले बढेको हो ।

यस्तै, आज कारोबार समय भरिमा ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब छ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सर्वाधिक कारोबार गुडविल फाइनान्सको छ । यस कम्पनीले आज १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार गरेको छ।

ताजा खबर

सम्बन्धित खबर