२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

लालबकैया नदीमा बाँसको लचका निर्माण

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २९ गते १८:०९
लालबकैया नदीमा बाँसको लचका निर्माण

रौतहट : सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने उदेश्यले बाँसको लचका निर्माण गरिएको छ । जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका–गौर नगरपालिका जोड्ने लालबकैया नदीमा बाँसको लचका निर्माण गरिएको छ । वर्षायाम समाप्त भएसँगै लचका निर्माण गरिएको हो । 

पानीको बहाव कम भएसँगै सो ठाउँमा लचका निर्माण गरिएको हो स्थानीयहरु बताउँछन् । गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी बिकाउ सहनीले आफ्नो निजि लगानीमा बाँसको लचका निर्माण गरेको स्थानीय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् । 

उक्त ठाउँमा वर्षौदेखि पुल बन्ने क्रममा छ ।  समयमा पुल नबन्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुँदै आएको छ ।  

उक्त ठाउँमा पुल निर्माणको काम चाँडै सकाउन स्थानीय युवा संजय सहनीले अनसन समेत बसेका थिए । तर उनलाई आश्वासनको पोका मात्रै दिइयो पुल भने बनेन् । पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले सधैं आलोचना समेत गर्दै आएका छन् । 

उक्त ठाउँ लालबकैया टिकुलिया घाटमा पुल नहुँदा पटक पटक डुंगा पल्टिने गरेको घटना हुँदै आएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise