२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता   

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १६:२०
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता   

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम शुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए । 

उनले भने, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु  लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुजीको कुनै समस्या हुदैन ।"

अध्यक्ष ढकालले भने, "यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।"

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्धनका लागि देशभित्र र बाहिर आफूहरुले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउदै आफूहरुकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए ।  

नीजि क्षेत्रले उठाउदै आएको  मर्यादाक्रमको बिषय, करसम्बन्धी समस्या लगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको जानकारी गराए  ।

ADVADV

सम्बन्धित खबर

Advertise