२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १६:३८
मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

मुक्तिनाथ विकास बैंक र आइडीको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र आइडीको तर्फबाट कन्ट्री डाईरेक्टर श्री प्रजुना केसीले हस्ताक्षर गरेका हुन् । 

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ  । 

दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise