२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १९:०१
द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

काठमाडौं : बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । 

बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट शुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनुको साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ । 

बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कन्ट्री  साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावना यसरी बाँडे, “उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।”

द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको हो ।  यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने वाचा गर्दछ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise