२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

Nada
२०८१ कार्तिक १ गते १५:२६
Shares
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

काठमाडौँ : कात्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ncell

ट्रेलरमा गन्धर्व  मुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्धर्व भएकै कारण उनीहरूलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ-ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दै छौँ र टिजर र ट्रेलरमा जे देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन्छ होला ।”

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । 

ट्रेलरमा सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गन्धर्व समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । चलचित्र कात्तिक १५ गते प्रदर्शन हुँदैछ । 

ताजा खबर

सम्बन्धित खबर