२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते १७:२०
ज्योति विकास बैंकका ग्राहकहरुलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ : ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । 

सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०प्रतिशत, पेय पदार्थमा १०प्रतिशत, र रुम चार्जमा १५प्रतिशत सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise