२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

इलामका मोहन राईको भारतीय गायिका आशा भोसलेसँग  ‘यो हाम्रो माया’ रेकर्ड

shivam cement
२०८१ कार्तिक १ गते २१:२७
Shares
इलामका मोहन राईको भारतीय गायिका आशा भोसलेसँग  ‘यो हाम्रो माया’ रेकर्ड

काठमाडौं : इलामका मोहन राईले ख्यातिप्राप्त भारतीय गायिका आशा भोसलेसँग युगल गीत गाउने अवसर पाएका छन् ।  मोहनले हालैमात्र मुम्बइ पुगेर ८४ वर्षीय रञ्जित गजमेरको संगीत र विभिन्न भाषाका १५ हजारभन्दा बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकेकी चर्चित भारतीय गायिका ९२ वर्षीया आशा भोसलेसँगको युगल स्वरमा यो हाम्रो माया बोलको गीत रेकर्ड गराएका हुन् । 

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाश स्टुडियो मुम्बईमा उहाँसँग गीत रेकर्ड गराउने अवसर मिल्यो’ गायक राईले भने ‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रञ्जित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएको छु ।’

मोहनले आफ्नो प्रकाशोन्मुख तेस्रो एल्बमका लागि आशासँग गीत गाएका हुन् ।  ‘मायाको खेल र कस्तो सपनापछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके । यी गीतमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ र अशोक वान्तवाको रचना तथा संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी र कन्काइस्ट राईले साथ दिनुभएको छ’ गायक राइले जानकारी गराए ।

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ (किरण) लगायतका नेता, कर्मचारी प्रशासकको गीत गाउँदै आएका छन् ।  इलाम निवासी राईले २०७१ सालमा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट आफ्नो पहिलो एल्बम विमोचन गराएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भएका थिए ।

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाएका हुन् । जसमा रञ्जित गजमेरको संगीत छ । ‘मायाको खेल’ र  ‘कस्तो सपना’पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उनले भने, ‘गीतकारहरूमा वामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक बान्तवा समेटेको छु । संगीतमा रञ्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’

ADV

सम्बन्धित खबर