२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

एमाले रौतहटको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न 

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक १ गते २३:१७
Shares
एमाले रौतहटको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न 

रौतहट : रौतहटको गढिमाई नगरपालिकामा नेकपा एमाले रौतहटको  शुभकामना आदान–प्रदान  तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा नगरपालिकाको वडा नम्बर ८ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले देशका  सम्पूर्ण कार्यमा नेकपा एमालेले विकास र समृद्धिप्रति सहकार्य गरिरहेको बताए ।  नेपालको इतिहासमा कुनै पार्टीले गर्न नसकेको कार्य नेकपा एमाले गरेको उनको दाबी छ  । रौतहट जिल्लाको यस नगरपालिकामा नेकपा एमालेमयको लालकिलाका रूपमा रहेको ठाउँलाई पुनः आउन लागेका  उपनिर्वाचनमा नेकपा एमाले पार्टीबाट महिला उम्मेदवार  जिउती देवीलाई निर्वाचित गराएर ऐतिहासिक लालकिलाको रूपमा साबित गराउन उनले आग्रह समेत गरे । 

कार्यक्रम गढिमाइ नगरपालिकाका  नगरअध्यक्ष रामाकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो । विगतका स्थानीय  निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित सो वडाका वडाध्यक्ष रामाज्ञा राय  यादवको क्यासर रोगका कारण निधन भएपछि पुनःसो वडामा  उपनिर्वाचन हुने भएको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टी प्ररित्याग गरी महिला नेत्री  जिउती देवी यादवको नेतृत्वमा दुई  सय भन्दा बढी नेता कार्यकर्ताहरूले  नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । महिला नेतृ यादवले बोल्दै  आफ्नो समुहका व्यक्तिहरूले विगतका दिनदेखि गरिब, असहाय,निमुखा, जन्ताहरूको लागि सधंै आवाज उठाइ रहेको र सबैलाई एक सम्मानका रूपमा मानिने आफ्नो कर्तब्य रहेको बताइन् ।
 

सम्बन्धित खबर