२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दाङमा टिप्पर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु  

ADV
सपना बोहरा
२०८१ कार्तिक २ गते १०:३४
दाङमा टिप्पर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु  

दाङ : दाङमा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

घोराहीबाट जाँदै गरेको रा १ ख १८५७ नम्वरको खाली टिप्पर बङ्लाचुली गाउँपालिका-४ जुम्लेपानीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिए । 

प्रहरी नायव उपरिक्षक थापाका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका-७ निवासी प्रभु चौधरी रहेका छन् । चौधरी चुनढुँगा लिनको लागि टिप्पर लिएर गएका थिए । 

घोराही- तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा टिप्पर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise