२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

चलचित्र 'कर्मा' चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते ११:०६
चलचित्र 'कर्मा' चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा

काठमाडौं : चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन् । चलचित्रको छायांकन मंसिर दोस्रो सातापछि शुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले उनीहरूको नाम पछि सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise