२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

सुनको मूल्यमा नयाँ कीर्तिमान

shivam cement
२०८१ कार्तिक २ गते ११:२६
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः शुक्रबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ् । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय पुगेर नयाँ रेकर्ड राखेको छापावाला सुन शुक्रबार तोलामा दुई हजारले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य वृद्धिसँगै आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार चार सय कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय ५० रुपैयाँ थियो ।

ADV

सम्बन्धित खबर