२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

पोखरिया सुधार केन्द्र स्थापना  

ADV
लालबाबु बानिया
२०८१ कार्तिक २ गते २३:०२
पोखरिया सुधार केन्द्र स्थापना  


पर्सा : लागुऔषध दुव्र्यसनीका कारण कुलतमा फसेका युवाहरुलाई सही बाटोतर्फ उन्मुख गर्न पर्साको पोखरियामा सुधार केन्द्र स्थापना गरिएको छ ।  वडा नं ४  पोखरियामा  पोखरिया सुधार केन्द्रको शुक्रबार एक कार्यक्रमकाबीच  पोखरीया नगरपालिका नगर प्रमुख प्रधुमन प्रसद चौहानले उद्घाटन गरेका छन् । 

वीरगञ्जमा रहेको सुधार केन्द्रले पहिलो पटक  ग्रामिण भेगमा रहेको गाउँहरुलाई समेट्ने गरी पोखरिया सुधार केन्द्रको स्थापना गरिएको पोखरिया सुधार केन्द्रका संयोजक सुजित गिरीले जानकारी दिएकी छन् ।  कुलतमा फसेका युवा,युवतीहरुलाई पहिचान गरी सुधारको सक्दो प्रयास गरिने  संस्थाको मुख्य उद्देश्य रहेको राजिङ नेपाल संस्थाको संस्थापक अध्यक्ष एवम्  पोखरिया सुधार केन्द्रको निर्देशक मन्टु  गिरीले जनाए । 

पोखरिया सुधार केन्द स्थापना गर्नको लागि पोखरिया नगरपालिकाका नगर प्रमुख  चौहानको सराहनिय योगदान रहेको गिरीले बताए । पोखरिया सुधार केन्द्रको सञ्चालन पश्चात निकट भविष्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने र पोखरिया नगरपालिका लगायत आसपासका ग्रामीण क्षेत्रलाई लागुऔषधमुक्त बनाउने नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमूख चौहानले बताए । 

लागुऔषध दुव्र्यसनीमा फसेका युवा, युवतीहरुलाई कम्तीमा नौ महिनासम्म  केन्द्रमा राखेर उपचार गरिने पोखरिया सुधार केन्द्रले जनाएको छ । पोखरिया सुधार केन्द्रको उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिका वडा नं ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, कार्यपालिका सदस्य रामबचन महतो,फरमान आलम र सन्तोष गिरी लगायतको उपस्थिति रहेको थियो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise