२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

६ दर्जन म्यानपावर कम्पनीले पठाए एक सय बढी कामदार : सान नेपाल पहिलो, नीलकमल र एयर किंग्स दोस्रो र तेस्रो 

ADV
मध्यान्ह
२०८१ कार्तिक ३ गते ०८:४३
६ दर्जन म्यानपावर कम्पनीले पठाए एक सय बढी कामदार : सान नेपाल पहिलो, नीलकमल र एयर किंग्स दोस्रो र तेस्रो 

मध्यान्ह संवाददाता

काठमाडौं : असोज महिनामा करिब ६ दर्जन म्यानपावर कम्पनीहरुले कम्तीमा एक सय बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । यस वर्ष असोज महिनामा म्यानपावर कम्पनीमार्फत २४ हजार  ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसमध्ये सान नेपाल प्रा.लि सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले असोज एकै महिनामा  ५ सय ७७ जना कामदारको पठाउन श्रम स्वीकृति लिएको छ । वैदेशिक रोजगार विभागबाट सार्वजनिक विवरण अनुसार असोज महिनामा धेरै कामदार पठाउने म्यानपावरको दोस्रो सूचीमा नील कमल ह्युमन रिसोर्स  प्रा.लि र तेस्रोमा एयर किंग्स प्लेसमेन्ट प्रा.लि परेको छ । 

सय भन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनी

सान नेपाल प्रा.लि. ५७७

नील कमल ह्युमन रिसोर्स  प्रा.लि ४१५

एयर किंग्स प्लेसमेन्ट प्रा.लि ४०८

एसओएस म्यानपावर सर्भिस प्रा.लि ३९८

लिडिङ  म्यानपावर रिक्रूटमेन्ट सर्भिस प्रा.लि ३८६

लिङ्क इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि ३५९

साउन्डलाइन्स रिक्रूटमेन्ट प्रा.लि  ३२६

एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि ३१९

प्याराडाइज इन्टरनेशनल प्रा.लि २९९

ईम्पावर हन्टर एचआर सोलुसन प्रा.लि २९४

अल सेक्योर म्यानपावर रिक्रूटमेन्ट प्रा.लि २७८

ब्रदर्स इन्टरनेशनल एम्प्लाईमेन्ट प्रा.लि २५१

टार्गेट कन्सल्ट्यान्स ह्युमन रिसोर्स प्रा.लि २३८

गल्फ म्यानपावर सर्भिसेज प्रा.लि २३५

सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि २२७

मोभिरा रिक्रूट्मेन्ट कन्सल्ट्यान्स सर्भिस प्रा.लि २१६

लुना एचआर सोलुसन प्रा.लि २०६

एशिया लिंक सर्भिसेज प्रा.लि २००

अक्सफोर्ड इन्टरनेशनल प्रा.लि २१०

सिवाकोटी म्यानपावर सर्भिस प्रा.लि १९४

गोरखा ह्युमन रिसोर्स सोलुसन प्रा.लि  १९२

सेइगुल इन्टरनेशनल ग्लोबल एचआर कन्सल्ट्यान्स प्रा.लि  १८८

इन्डेक्स रिक्रूटमेन्ट प्रा.लि १७९

वल्र्ड वाइड इम्प्लाइमेन्ट कन्सल्टेन्ट प्रा.लि १७४

पर्फेक्ट रिक्रूटिङ सर्भिस प्रा.लि १७१

आयुष ओभरसीज प्रा.लि. १६६

कञ्चन ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रा.लि १६६

एशिया पावर रिक्रूट्मेन्ट कन्सल्ट्यान्ट प्रा.लि १६३

रोटरी ओभरसीज प्रा.लि १५८

नूर अपर्चुनिटिज ओभरसीज प्रा.लि  १५६

शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि १५५

वाहा म्यान पावर सप्लायर प्रा.लि १५३

अल आसमाक्स  कम्पनी प्रा.लि १५२

एसपिएम ओभरसिज प्रा.लि  १४७

द रिभर ओभरसीज प्रा.लि  १४२

लगइन इन्टरनेशनल ओभरसीज रिक्रूटमेन्ट प्रा.लि १३९

आयुष इन्टरनेशनल ओभरसीज सर्भिसेस प्रा.लि १३८

इन्टरपीड रिक्रूटमेन्ट सर्भिस प्रा.लि १३७

राज ग्रुप अफ कम्पनी प्रा.लि १३७

एमबि ह्युमन रिसोर्स प्रा.लि १३५

युशो ग्लोबल प्रा.लि १३२

शेरमान ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि १३१

नाईस रिक्रूटिङ एजेन्सी प्रा.लि १३०

सिद्धार्थ गौतम ओभरसीज सर्भिसेज प्रा.लि १२६

प्रोटेक नेपाल एम्प्लाईमेन्ट प्रा.लि १२५

इन्डिगो ओभरसीज प्रा.लि १२३

बेबी एन्जल इन्टरनेशनल प्रा.लि १२२

थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि  १२०

साधना इन्टरनेशनल प्रा.लि ११७

सन लाइट ह्युमन रिसोर्स प्रा.लि ११६

स्टारिस एचआर सर्भिसेज प्रा.लि ११२

डेस्टिनी एचआर ग्रुप प्रा.लि ११५

योभान्त रिक्रूट्मेन्ट सर्भिस प्रा.लि ११५

जलजला रिक्रूटमेन्ट प्रा.लि ११३

आरोही एचआर सोल्युसन प्रा.लि ११२

मास ह्युमन रिसोर्स प्रा.लि १११

मिडिल ईष्ट म्यानपावर प्रा.लि  ११०

टेस्ला ओभरसिज प्रा.लि १०८

अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि १०५

रोयल इन्टरनेशनल ओभरसीज प्रा.लि १०२

मधेशबाट वैदेशिक रोजगारमा जाने बढी

मधेश प्रदेशबाट ठूलो संख्यामा वैदेशिक रोजगारमा जाने क्रम असोजमा पनि यथावत् छ ।  असोजमा मधेश प्रदेशको धनुषा जिल्लाबाट २ हजार ९४४ हजार ३ सय ६०, सिरहाबाट २ हजार ३ सय ४१,महोत्तरीबाट २ हजार २ सय ८९ जना वैदेशिक रोजगारीमा गएका छन् । 

मधेश प्रदेशका अन्य जिल्ला सप्तरीबाट १ हजार ३ सय ३०, सर्लाहीबाट १ हजार ४ सय ४० , बाराबाट ९ सय ५३, पर्साबाट ४ सय ९२ र रौटहटबाट ९ सय २ जना गएका छन् । त्यस्तै कोशी प्रदेशका झापाबाट २ हजार ५ सय ४५,  मोरङबाट २ हजार १ सय ८६,  सुनसरीबाट १ हजार ८ सय २८ जना वैदेशिक रोजगारीमा गएका छन् । लुम्बिनीको रूपन्देहीबाट १ हजार ७ सय ३७, दाङबाट १ हजार १ सय ४१, नवलपरासीबाट १ हजार ४ जना, बागमतीको चितवनबाट १ हजार ३ सय ७४, गण्डकीको स्याङ्जाबाट १ हजार ४७ जना र तनहुँबाट १ हजार १ सय ४१ जना वैदेशिक रोजगारीमा गएका छन् ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise