२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सुगम पोखरेलले कतारमा सांगीतिक प्रस्तुति दिँदै

Nada
२०८१ कार्तिक ३ गते २१:०५
Shares
सुगम पोखरेलले कतारमा सांगीतिक प्रस्तुति दिँदै

दोहा, कतार : आफ्नो जीवनको महत्वपूर्ण समय सञ्चारकर्मीका रूपमा रेडियोमा बिताएका एक समयका पप गीतका पर्याय नै बनेका गायक सुगम पोखरेल आज पनि गीत संगीतमा उत्तिकै सक्रिय छन् । करिब २ दशकभन्दा लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहेका पोखरलेलाई देश तथा विदेशका स्टेजहरूमा प्रस्तुति दिन भ्याइ नभ्याइ छ । 

ncell

पछिल्लो समय नेपाली चाडपर्व तथा आधुनिक शैलीका गीतहरू पस्केर भर्षटायल रचनाकार, गायक तथा संगीतकारका रूपमा परिचित उनै पोखरेल कतार आउने भएका छन् । नेपाल आइडलमा जजसमेत रहिसकेका पोखरेलले दोहाको मुटु साना सिग्नल नजिक रहेको ग्राण्ड रिगल होटेलको मिजानियन फ्लोरमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आउँदो शुक्रबार अर्थात अक्टोबर २५ तारिक आयोजना गर्न लागेको "दशैं तिहार धमाका" कार्यक्रममा प्रस्तुति दिन कतार आउन लागेका हुन् । 

पछिल्लो एक सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरेको क्लबले यस पटक भने सबै किसिमका नेपाली गीत गाउन सक्ने भर्षटायल गायक पोखरेललाई निमन्त्रणा गरेको हो । सयौं गीतमा शब्द, संगीतसहित आफ्नै आवाज दिएका पोखरेलले एक भिडियो मार्फत कतारवासी नेपालीलाई कार्यक्रममा आमन्त्रणसमेत गरेका छन् । 

कार्यक्रममा प्रवेश शुल्क पचास कतारी रियाल रहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट राति १२ बजेसम्म प्रस्तुति रहने बताए । रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर उक्त क्लब सञ्चालनमा ल्याएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर