२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सांगीतिक प्रस्तुति दिन पप स्टार सबिन राई ब्याण्डसहित कतार आइपुगे

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २ गते १७:११
सांगीतिक प्रस्तुति दिन पप स्टार सबिन राई ब्याण्डसहित कतार आइपुगे

दोहा, कतार : नेपालका पप स्टार गायक सबिन राई एन्ड द फ्यारोह ब्याण्ड सांगीतिक प्रस्तुति दिन कतार आइपुगेको छ । मध्यपूर्वको देश कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन राई ब्याण्डसहित पहिलो पटक कतार आइपुगेका हुन् ।

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद-अल-अज्हाको सार्वजनिक बिदाको अवसरमा अर्मानी एक्स लञ्ज एन्ड बारले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक राई कतार आएका हुन् । आफ्नो सांगीतिक प्रस्तुतिमा रम्न र रमाउन कतारवासी नेपालीलाई राई तथा उनको ब्याण्ड सदस्यहरुले हमाद विमानस्थलबाट आग्रह गरेका छन् । 

कलाकारको स्वागत गर्न क्लब सञ्चालकद्वय सन्दीप भट्टराई र रमेश केसी, कार्यक्रम संयोजक रोशन अर्यालसहित पत्रकार तथा अन्य व्यक्तित्वहरू विमानस्थल पुगेका थिए । 

भोलि १७ तारिक र पर्सि १८ तारिक साँझ हुने कार्यक्रमको भोलिको टिकट सोल्ड आउट भएको क्लब सञ्चालक भट्टराईले जानकारी दिए । उनले पहिलो दिनका लागि सिट सकिएको र दोस्रो दिनको पनि सिटहरू बुक भइसकेको बताए । 

कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित क्लबमा हुने कार्यक्रमका लागि दिउँसो २ बजेबाट गेट खुल्ने र ४ बजेबाट सांगीतिक प्रस्तुति शुरु हुने कार्यक्रम संयोजक अर्यालले मध्यान्हलाई जानकारी दिए । अर्यालले हल प्रवेश गर्न पुरुषका लागि एक सय र महिलाका लागि पचास कतारी रियालको टिकट आवश्यक पर्ने र टिकट क्लबको रिसेप्सनमा पनि उपलब्ध हुने बताए l

ADVADV

सम्बन्धित खबर

Advertise