२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इद धमाकामा सांगीतिक प्रस्तुति दिन कलाकार कतार आइपुगे

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २ गते १७:१९
इद धमाकामा सांगीतिक प्रस्तुति दिन कलाकार कतार आइपुगे

दोहा, कतार : गोरखा सेवा समाज कतारले आयोजना गर्न लागेको बृहत् सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट कलाकार कतार आइपुगेका छन् । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद-अल-अज्हाको सार्वजनिक बिदाको अवसर पारेर "मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ" आयोजना गर्न लागिएको कार्यक्रममा प्रस्तुति दिन चार जना कलाकार कतार आइपुगेका हुन् ।

पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र भर्षटायल गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ कतार आइपुगेका हुन् । कतारको हमाद विमानस्थलमा कलाकारको स्वागतका लागी समाजका अध्यक्ष ओम गुरुङ, कार्यक्रम संयोजक राकेश श्रेष्ठसहित समाजका अन्य पदाधिकारीहरू पुगेका थिए । विमानस्थलबाट कलाकारहरूले कतारवासी नेपालीहरूलाई कार्यक्रममा निमन्त्रणा गर्दै कार्यक्रमलाई सफल बनाउन आग्रह समेत गरेका छन् ।

भोलि १७ तारिक सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रममा केही स्थानीय कलाकारले समेत सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise