२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

५७ अंकले घट्यो परिसूचक, २२१ कम्पनीको शेयर मूल्यमा गिरावट

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते १५:१४
५७ अंकले घट्यो परिसूचक, २२१ कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौंः सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज शेयर बजार ५७.९९ अंकले घटेर दुई हजार छ सय ४९ को विन्दुमा कायम भएको हो । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । 

योसँगै आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको हो । यस कम्पनीको शेयर मूल्य ९ दशलमव ९८ प्रतिशतका दरले बढेको हो । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशलमव ८२ प्रतिशत र कालिका लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले बढेको हो । ।

यस्तै, आज ३१९ कम्पनीको एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ९० करोडमाथिको शेयर कारोबार भएको छ । जसमा  सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै ङादी ग्रुप पावरको १७ करोड ७६ लाख र कुमारी बैंकको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise