२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘गाउँ आएको बाटो’को कतारमा गरियो ग्राण्ड प्रिमियर

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २ गते १९:१७
‘गाउँ आएको बाटो’को कतारमा गरियो ग्राण्ड प्रिमियर

दोहा, कतार : नेपालमा सफलतापूर्वक पदर्शन भइरहेको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ मध्यपूर्वको देश कतारमा शनिबार साँझ भव्य प्रिमियर सो गरिएको छ । भिलाजिओ मलमा रहेको सिनेको चलचित्र घरमा चलचित्रको ग्राण्ड प्रिमियर गरिएको हो ।

उक्त प्रिमियर सो हेर्न नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीसहित नियोग परिवार र अन्य सामाजिक व्यक्तित्वहरू, सञ्चारकर्मीहरूलगायत करिब ५० जनाको उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि सचिव सुवेदीले प्रवासमा बसेर नेपाली संस्कृति, परम्परा र रीतिथितिलाई अत्यन्त महत्वका साथ प्रस्तुत गरिएको चलचित्र हेर्न पाइएको बताउँदै वितरकदेखि चलचित्रका निर्देशक नवीन सुब्बालाई बधाई तथा धन्यवाद ज्ञापन गरे । उनले चलचित्रले मौलिकपन बोकेको र एक पटक आफूलाई बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । 

स–परिवारसहित सिनेमा हेर्न पुगेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले सिनेमाले आफ्नो बाल्यकाल देखाएको बताउँदै सिनेमा उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

सिनेमामार्फत बाटोसँगै पुगेको विकास, विकाससँगै पुगेको परम्परागत सीप, रहरमा हुने परिवर्तनलाई सिनेमाले बोलेको छ । गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछ ? अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सूक्ष्म तरिकाले देखाइएको छ । 

सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । फिल्मलाई मध्यपूर्वका ठूला सिनेमा चेनहरू भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शन गरिएको वितरक रमेश ढकालले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise