२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

भूमिकास्थान-१ साम्नेगाउँका आगलागी पीडितलाई आर्थिक सहयोग

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २ गते २०:४२
भूमिकास्थान-१ साम्नेगाउँका आगलागी पीडितलाई आर्थिक सहयोग

अर्घाखाँची : धारापनी-रुपन्देही सम्पर्क मञ्चले ढाकावाङ्गका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ साविक धारापानी गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा रहेकाहरुले खाेलेकाे मञ्चले भूमिकास्थान-१ ढाकावाङ्ग साम्नेगाउँका आगलागी पीडित टेकबहादुर थापालाई आर्थिक सहयोग गरेको हो ।

आइतबार भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालका संयाेजक टेकराज भुसालले भूमिकास्थान-१ का वडा सदस्य मेघराज खनाल, गाेपाल नेपाली र बालशिक्षा माविका अध्यक्ष काशबहादुर गमाललगायतको उपस्थितिमा आगलागी पीडित थापाको घरमै पुगी पीडितलाई धारापानी-रुपन्देही सम्पर्क मञ्चले पठाएको ५ हजार रुपैयाँ र भूमिकास्थान-३ धारापानीका हाल अमेरिकामा रहेका बिमल बन्जाडेले पठाएको ५ हजार रुपैयाँ गरी १० हजार रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेका हुन् ।

साे अवसरमा संयाेजक भुसालले सानो सहयोगले पनि पीडितलाई ठूलो राहत मिल्ने बताउँदै सहयोग गर्ने धारापानी-रुपन्देही सम्पर्क मञ्च र बिमल बन्जाडेलाई धन्यवाद व्यक्त गरेको मञ्चका महासचिव सन्तोष बन्जाडेले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise