२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

‘पठाओ कार रेन्टल’ शुरु, ट्याक्सी बुकिङ गरेर देशभर पुग्न सकिने

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते २१:१२
‘पठाओ कार रेन्टल’ शुरु, ट्याक्सी बुकिङ गरेर देशभर पुग्न सकिने

काठमाडौं : राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ शुरु गरेको छ । नयाँ सेवा शुरु गरेसँगै कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुने भएका हुन् । काठमाडौंमा सार्वजनिक गरिएको सो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । 

रेन्टल सेवा लिनका लागि  ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरुलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । यस रेन्टल सेवामा ग्राहकहरुले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिप’ वा ‘ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले  ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् । 

पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४ सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । पठाओको मोबाइल एपमार्फत् सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । सो सेवा पठाओ नेपालको नारा ‘मुभिङ नेपाल’कै आशयमा रहेको उनको भनाइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise