२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

कुवेतमा सप्लाइका थप ३ हजार कम्पनी खुला

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते ०६:३०
कुवेतमा सप्लाइका थप ३ हजार कम्पनी खुला

काठमाडौं : होम डेलिभरी सप्लाइका लागि कुवेतमा निजी क्षेत्रलाई थप ३ हजार लाइसेन्स दिइएको छ । सप्लाइ कम्पनीले तयारी खाना, फाष्टफुड, अन्य सामान नेपालसहितका देशबाट गएका राइडरमार्फत डेलिभरी गर्ने गरेका छन् । एकैचोटी ठूलो संख्यामा सप्लाइ कम्पनी खुला भएपछि तीव्र प्रतिस्पर्धाका कारण राइडरहरूको कमाइ घट्ने बताइएको छ ।

सप्लाइ कम्पनीमा कमाइ कम भएपछि नेपाली राइडर करार अवधिमै नेपाल फर्केर म्यानपावर कम्पनीविरूद्ध क्षतिपूर्ति दाबी गर्दै उजुरी दिने गरेका छन् । म्यानपावर कम्पनीहरूले कम्पनीको कारोबार रोकिने त्रासमा करार अवधिमा फर्केका कामदारलाई सहमतिमा भन्दै बोल्न सक्नेले थोरै, नसक्नेले धेरै रकम दिएर मेलमिलाप गर्ने गरेका छन् । कुवेतमा सप्लाइका नयाँ लाइसेन्स खुलेपछि विभागमा राइडरका उजुरी बढ्ने कतिपयको टिप्पणी छ ।

यसैगरी कुवेतले सरकारी परियोजनाका लागि छोटो समयको वर्क पर्मिट खुला गरेको छ । कुवेत जनशक्तिका लागि सार्वजनिक प्राधिकरणले (पाम)ले अस्थायी सरकारी परियोजनामा जनशक्ति पूरा गर्न वर्क पर्मिट पुनः खोल्ने निर्णय गरेको बताएको छ । ती वर्क पर्मिट भिसाहरू एक वर्षभन्दा कम समयका लागि भएका सरकारी सम्झौताका परियोजनाहरूमा लागू हुने बताइएको छ ।

नयाँ निर्णयले कुवेतको श्रम बजारमा छोटो समयका लागि चाहिने जनशक्तिको आपूर्ति सहज हुनेछ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरणले सोमबारदेखि भिसाहरूका लागि आवेदन स्वीकार गर्न थालेको बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise