२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

औषधिको अभावमा बिरामीको मृत्यु

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक ५ गते २१:४५
औषधिको अभावमा बिरामीको मृत्यु

रौतहट : रौतहटको कटहरियामा औषधिको अभावमा एक जना बिरामीको मृत्यु भएको छ । कटहरिया बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधि दुवैको अभावमा बिरामीको मृत्यु भएको हो ।

कटहरिया नगरपालिका वडा नम्बर १ निवासी नखवा देवीको सोमबार राति मृत्यु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराउन गएकी देवीको उपचारकै क्रममा निधन भएको हो । 

यस अघिको स्थानीय सरकार भएको अवस्थामा जिल्लाका विभिन्न नगरपालिकाका साथै बारा जिल्लाबाट पनि बिरामी आउने गरेको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्र अहिले सम्हाल्नै नसकिने बिरामी अवस्थामा पुगेको छ । 

वर्तमान नगर प्रमुख प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन सुधारको लागि ध्यान नदिएर आफ्नै मानिसको सरुवा र व्यवस्थापन गर्नमा व्यस्त रहेका कारण कटहरिया नगरपालिकाको शिक्षा र स्वास्थ्य ध्वस्त बन्दै गएको देखिएको छ । 

स्थानीय देवेन्द्र यादवले कटहरिया नगरपालिका वडा नम्बर ४ हर्षाहामा निम्न माध्यमिक विद्यालय सञ्चालन रहेको भएपनि  जम्मा दुई जना दरबन्दी छन् । 

नगरपालिकाको शिक्षा तथा स्वास्थ्यको समस्या समाधान गर्नुको साटो नगर प्रमुख हेडमास्टर र डाक्टरको सरुवा तथा आफ्नो मानिसको व्यवस्थापनमा लागेको आरोप यादवको रहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न बुद्धिजीवीहरुले नगर प्रमुख अजय प्रकाशलाई आग्रह गरेका छन् ।

कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहा प्रतिक्रिया दिँदै भन्छन्,‘औषधि र खाजामा मोलतोल गर्दै नगप्रमुख जयसवाल हैरानछन् ।’ 

कटहरियाका स्थानीय श्याम यादवले शिक्षा र स्वास्थ्यमा कमिशनको खेल बन्द गर्न सुझाव दिएका छन् । यस विषयमा सरोकारवाला व्यक्तिहरूसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise