२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

बढ्यो नेप्से, घट्यो कारोबार

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १५:१९
बढ्यो नेप्से, घट्यो कारोबार

काठमाडौंः मंगलबार नेप्स परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज शेयर बजार २५ दशलमव ८८ अंकले बढेर दुई हजार छ सय ६५ को विन्दुमा कायम भएको छ । आज एक सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य स्थिर छ । 

जसमध्ये रावा इनर्जीको मूल्य ८.८६ प्रतिशतले बढेको छ । साथै मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६ र माहुली लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । 

समूहगत रुपमा फाइनान्स सबैभन्दा धेरै बढेको छ । यो समूह आज ३.०३ प्रतिशतले बढ्यो । यस्तै, बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूहको शेयर मूल्य ०.९० प्रतिशत बढेको छ ।

यस्तै, सोमबारको तुलनामा आज कारोबार भने न्यून भएको छ । हिजो ३१९ कम्पनीको एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ९० करोडमाथिको शेयर कारोबार भएकोमा आज ३१४ कम्पनीको एक करोड ९ लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर किनबेच हुँदा चार अर्ब १७ करोडको शेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise