२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तारे होटलमा प्लास्टिकजन्य बोतलको पेय पदार्थमा रोक

Nada
२०८१ कार्तिक ६ गते २०:२२
Shares
तारे होटलमा प्लास्टिकजन्य बोतलको पेय पदार्थमा रोक

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरुमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थमा रोक लगाएको छ ।

ncell

पर्यटन विभागले तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरुमा प्लास्टिकजन्य बोतलहरुमा रोक लगाएको हो । 

विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए ।

प्लास्टिकजन्य बोतलको  प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोतलको प्रयोगमा निषेध गरी काँचका बोतल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिईएको महानिर्देशक डा. रेग्मीले बताए । 

ताजा खबर

सम्बन्धित खबर