२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

टेक्नो स्पार्क ३० बजारमा

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते २०:२३
टेक्नो स्पार्क ३० बजारमा

काठमाडौं : टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा सार्वजनिक गरेको छ । जसले मिडरेन्ज स्मार्टफोन क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कम्पनीले दाबी गरेको छ । कम्पनीकाअनुसार यो डिभाइस विशेषगरी युवा पुस्ताका लागि लक्षित गरिएको छ, जसमा मिलेनियल्स, जेन जेड र फोटोग्राफीमा रुचि राख्नेहरु समावेश रहेका छन् । 

स्पार्क ३० को डिजाइन आकर्षक र प्राविधिक विशेषताहरु अत्याधुनिक रहेको कम्पनीको दाबी छ । यसमा मीडियाटेक हेलियो जी ९१ प्रोसेसर जडान गरिएको छ, जसले यसलाई सहज गेमिङ, मल्टिटास्किङ, र उच्च कार्यसम्पादन गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । 

५ हजार एमएएच ब्याट्री क्षमता भएको यसले लामो समयसम्म प्रयोग गर्न मिल्ने क्षमता प्रदान गर्दछ भने १६ जीबी र्‍याम र २५६ जीबी स्टोरेजले पर्याप्त फाइलहरु सुरक्षित गर्न सहयोग पुर्‍याउँछ । यसलाई थप विस्तार गर्न माइक्रोएसडी कार्डको प्रयोग पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise