२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

स्काउटको आयोजनामा रक्तदान

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक ६ गते २१:०३
Shares
स्काउटको आयोजनामा रक्तदान

रौतहट : रौतहट सदरमुकाम गौरमा रहेको गौर राईस मिलको मैदानमा सोमबारदेखि शुरू भएको दशैं–तिहार तथा छठ रमाइलो मेलामा सर्वसाधारणको चहल पहल बढेको छ । 

ncell

दशहराको अवसरमा शुरू गर्न भनिएको मेला प्राकृतिक प्रकोप वर्षा र बाढीको कारण प्रभावित भएपनि कात्तिक ५ गतेदेखि सञ्चालन गरिएको हो । पहिल दिन चहलपहल कम देखिएपनि दोश्रो दिन मेला हेर्नेको भीड बढेको पाइएको हो । 

गौरको व्यापर प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा बालबालिकाको लागि विभिन्न किसिमको झूला, जादूगर, गुफा तथा संस्कृति कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ । 

मेलाको दोस्रो दिन स्काउट नेपालको आयोजना तथा  प्रादेशिक अस्पताल गौरको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको मेला समितिका संयोजक रबी मिश्राले जानकारी दिए । 

प्रादेशिक अस्पताल गौरमा उपचार गराउन आउने बिरामीको लागि रगत आवश्यकता पर्ने गरेकोले आवश्यक परेको बेला रगत सहज रुपमा उपलब्ध  हुने उद्देश्यले रक्तदान कार्यक्रम मेला अवधि भरी सञ्चालन गराउने व्यवस्था गरिएको संयोजक मिश्राले जनाए । पहिलो दिन  ५ जनाले रगत दान गरेका छन् ।    

हिन्दूहरुको पर्व दशैंको बेला सञ्चालन गर्नुपर्ने मेला बाढीको कारण कात्तिम ५ गते देखि शुरू गरिएको आयोजक समिति एभरेस्टे इभेन्ट प्रा.लि चितवनका सञ्चालक राजगीर जायसवालले जानकारी गराए । 

कात्तिक २३ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न किसिमका खेल तमासा, कलाकारहरुको प्रस्तुति, बालबालिकाहरुको लागि झूला, बैष्णो देवी,केदारनाथ मन्दिरको गुफा निर्माण गरिएको छ । 

मेलामा मनोरञ्जनको साथै विभिन्न किसिमका सामग्री बिक्री वितरणको व्यवस्था समेत गरिएको छ । 

मेलामा आउनेहरुको सुरक्षाको लागि उचित व्यवस्थापन समेत गरिएको छ भने ५ दिन सम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर